मोरङमा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस दाउरा लिन गएको अबस्थामा ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं। ७ कि ४० वर्षीय गङ्गामाया मगर९ श्रेष्ठ०को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।