Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

तराई मधेसमा चिसो र शितलहरले जनजिवन कष्टकर

तराई मधेसमा चिसो र तुवालोले जनजिवन कष्टकर बनेको छ । चिसो स्याँठ चल्न थालेपछि मधेसका बासिन्दाको दैनिकी प्रभावित बनेको हो । नेपालगञ्जका गल्लिहरुमा दाउरा तथा गुइठा बालेर बसिरहेका हरु बाक्लो मात्रामा देख्न सकिन्छ । जानकी गाँउपालिका ३ का ३० बर्षिय गोविन्द ठाकुर भन्छ्न – ‘केहि दिन देखि चिसो स्याँठ चलिरहेको छ । घाम त देख्न नपाएको कत्ति भइसक्यो’

त्यस्तै, जलेश्वर नगरपालिका–८महोत्तरीका ८० वर्षीय बहादुर महरा पनि केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउछन्। शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्‍याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताए ।

चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिए ।

TOP