Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

रौतहतमा भिषण आगलागि हुँदा आधा दर्जन घर जलेर नष्ट

रौतहतमा आइतबार भिषण आगलागि हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आगलागी भएको हो ।

आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। गएराति सवा २ बजेको समयमा राजदेवी नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र, ३ वटा बाख्रा , राम सोगारथ पासवान , दिपेन्द्र पासवान ,। बिजय पासवान ,कान्ति देबि पासवान , प्रदिप पासवान, लगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी बाट सातजनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

आगलागी भएको खबर पाउँना साथ बिओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमान्डमा ५ जनाको टोली,गौर नगरपालिकाको दमकल र स्थानीय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको अन्य मनवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

TOP