Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य, कर्णालीको रोमाञ्चक जित

जारी नेपाल प्रिमियर लिगको आजको पहिलो खेलमा लुम्बिनी लायन्सलाई कर्णाली याक्सले पराजित गरेको छ । यो सँगै प्ले अप प्रवेश रोकिएको लुम्बिनी लायन्स यात्रा पराजयमा अन्त्य भएको छ । १८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको हो।टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै जोड्न सक्यो । ब्याटिङका लागि कठिन पीचमा कर्णालीका अलराउन्डर विलियम बोसिस्टोले फेरि एकपटक महत्वपूर्ण पारी खेले । उनले ३० बलमा ३ छक्का र तीन चौकाको मद्दतले ४४ रन जोडेका थिए ।

ओपनर बाबर हायातले २० र अर्जुन घर्तिले २५ रन बनाए ।लुम्बिनीका विकास आग्रीले ३ विकेट र तिलक भण्डारीले २ विकेट लिएका थिए । रामोन सिमोन्ड्स, साद विन जाफर र रोहित पौडेलले १–१ विकेट बाँडे ।जवाफी ब्याटिङमा कर्णालीले सामान्य सुरुवात गर्यो । ४० रनमा तीन विकेट गुमाएपश्चात टम मुर्स र सन्दीप जोराको साझेदारीले लुम्बिनीलाई बलियो स्थितिमा पुर्यायो । १३.४ ओभरमा ३ विकेट गुमाउँदा कर्णालीले ९१ रन जोडेको थियो । जितका लागि ३८ बलमा ३८ रन चाहिएको अवस्थामा ठूलो सट खेल्ने प्रयासमा जोरा आउट भए । उनले २१ बलमा २४ रन बनाएका थिए ।जोरापछि आएका बेन कटिङको ब्याट चलेन । उनी ६ बलमा १ रन बनाएर आउट भएपछि लुम्बिनी दवावमा परेको थियो । फेरि टम मुर्स र साद जिन जाफरबीचको साझेदारीले कर्णालीमा दवाव फर्कियो । तर, १७.५ ओभरमा टम मुर्सलाई नन्दन यादवले बोल्ड गरिदिए ।मुर्स आउट भएपछि लुम्बिनीको आशा जाफरमा टिकेको थियो ।

अन्तिम दुई ओभरमा लुम्बिनीलाई जितका लागि १५ रन आवश्यक भयो । तर, १९ औं ओभरको पहिलो बलमै जाफर रनआउट भए । निकै क्लोज कलमा टिभी अम्पायरले उनलाई आउट दिएपछि खेल फेरि कर्णालीको पक्षमा आयो । सोमपालले १९ औं ओभरमा ६ रन खर्चिए ।अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन आवश्यक पर्यो । तर, कर्णालीका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै लुम्बिनीका ब्याटरलाई कुनै मौका दिएनन् । अन्तिम बलमा छक्का हानेर जित निकाल्ने अवसर कर्णालीका ब्याटरसँग थियो । तर, नन्दनको बलमा तिलक भण्डारी बिट भए ।खेलमा कर्णालीका विलियम वोसिस्टो आज पनि प्लेयर अफ दि म्याच भएका छन् । उनले खेलका पछिल्ला तीनवटै म्याचमा लगातार प्लेयर अफ दि म्याच भएका हुन् ।

TOP