प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जानी चिन्ह प्रदान
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा भारत भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।
प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा यो दर्जा प्रदान गर्नुभएको हो ।
नेपाल-भारतबीचको अनुपम सांस्कृतिक,धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्टपरम्परा रही आएको छ ।
सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलनको निरन्तरता स्वरुप प्रधानसेनापति सिग्देललाई राष्ट्रपति मुर्मुले मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।
यहि मंसिर ६ राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुभएको थियो।