Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

प्लेअफमा पुग्ने पहिलो टीम बन्यो जनकपुर, काठमाडौं पराजित

नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । जनकपुर बोल्ट्स लीग चरणको एक खेल बाँकी छँदै शीर्ष चार स्थान पक्का गरेको हो । अंक तालिकाको शीर्ष स्थानमा पुगेको जनकपुर पहिलो क्वालिफायरका लागि छनोट हुने सम्भावना पनि बलियो बनेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन जोड्दै लक्ष्य पूरा गर्यो । जनकपुरका लागि हर्ष ठाकरले अविजित २५ रन जोडे । जिमी नीशम १८ रनमा आउट हुँदा लाहिरु मिलान्थाले १६ तथा कप्तान अनिल साहले ११ रन जोडे । बलिङमा काठमाडौंका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो । त्यस्तै जनकपुर बोल्ट्सका कप्तान अनिल साहले सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् ।

काठमाडौँ गुर्खाजविरुद्ध खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् । साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यसतै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे । त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेल मल्लको बलमा दिपेश कँडेललाई क्याच आउट गरे ।

TOP