पोखरासँग हारेपछि सन्दिप भन्छन् – जित्न लेखेको छैन भने जे गरेपनि जित्न सकिदैन
विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आफ्नो टिमले राम्रो खेल्न नसक्दा टिमले हारेको स्विकार गरेका छन् । जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा आज भएको पहिलो खेलमा विराटनगर सुपर ओभरमा पोखरा एभेन्जर्ससँग पराजित हुन पुग्यो ।
पहिलो पटक भएको सुपर ओभरमा कप्तान सन्दीप नै आफै बलिङ गर्न आएका थिए । सन्दीपले बलिङमा १८ रन खर्चिए । बलिङ प्रतिश जिसी अप्सनमा रहेपनि आफै पूर्ण विश्वाषका साथ बलिङमा आएको सन्दीपले बताए ।
उनले भने – ‘बलिङमा हामीसँग प्रतिश अप्सनका रुपमा थिए । तर, आज आफूमा नै विश्वास थियो । त्यसैले बलिङ गरे । अघिल्लो ओभरमा कम रन खर्चिएको थिए । पछि असहज भयो अवस्था,
त्यस्तै सन्दिपले जित्न लेखेको छैन भने जे गरेपनि जित्न नसकिने बताएका छन् । उनि भन्छ्न, ‘सुपर ओभर म आफैंले फाल्ने निर्णय गलत पनि हुन सक्छ, जित लेखेको छैन भने तन्त्र मन्त्र जे गरे पनि हुँदैन’
सन्दीपले आफ्नो पछिल्लो समय विकेट नस्कन नसकेको विषयमा पनि बोलेका छन् । राष्ट्रिय टोलीमा विकेट बिहिन हनुनपरेको अवस्थामा डोमेस्टिक क्रिकेटमा कसरी विकेट विहिन भएको भन्ने प्रश्नमा उनले भने, ‘डोमेस्टिक क्रिकेट र राष्ट्रिय टोलीमा धेरै फरक हुन्छ । कहिले विकेट निस्कन्छ कहिले खालि हुन पर्छ । यहाँ सबै चिनेका कोही राष्ट्रिय टोलीमा खेलेका खेलाडीसँग खेल्नु पर्छ खेल्ने तरिका पनि थाहाँ हुन्छ त्यसैले असहज छ,’ सन्दीपले भने ।
अघिल्लो चरण सम्भावनाका विषयमा भने सन्दीपले आफूमा भरोषा भएको बताए । टिमलाई जित आवश्यक भएको र अब बाँकी खेलमा जित निकाल्ने विश्वास भएको बताए ।