Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

उपाध्यक्ष पौडेलले ओलीलाई दिए ‘विलक्षण प्रतिभाको धनी’ को संज्ञा

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्माको विकल्पमा अरु कोहिपनि नभएको बताएका छन् ।
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीविरुद्ध आगामी महाधिवेशनमा कसैले पनि उम्मेदवारी नदिने ठोकुवा गरेका हुन् ।
उनले सिंगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेका कारण ओलीविरुद्ध कसैले उम्मेदवारी नदिने बताएका हुन् । त्यस्तै उपाध्यक्ष पौडेलले अन्य पदहरुमा निर्वाचन भएपनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । एमालेमा ओलीसँग तुलना गर्नयोग्य अरु कुनै नेता नै नभएको समेत उनले बताएका छन् ।

त्यस्तै उपाध्यक्ष पौडेलले ओलीलाई ‘विलक्षण प्रतिभाको धनी’ को संज्ञासमेत दिएका छन् । त्यतिमात्र होइन, उनले ओलीलाई ‘इनसाइक्लोपेडिया’ नै भनेका छन् । उनी भन्छन्, ‘उहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसंग कहिल्यै नबिर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साइक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ ।’ अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रूपमा लिन सक्ने असाधारण खुबी भएको समेत उनले बताएका छन् । एमालेभित्र कुनै अन्तरविरोधसमेत नभएको उपाध्यक्ष पौडेलको भनाइ छ । एमालेको विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन हुनुपर्छ । यसअघि २०७८ मंसिर १० देखि १३ सम्म चितवनको सौराहामा एमालेको दशौँ महाधिवेशन भएको थियो । एमालेले २०८३ मसिंरभित्र आगामी महाधिवेशन गर्नुपर्ने विधानमा उल्लेख गरिएको छ ।

TOP