रविलाई बयानका लागि लगियो पोखरा, समर्थकहरुको प्रर्दशन जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पोखरा लगिएको छ। पोखरा लग्नासाथ रविका समर्थकहरुले प्रदर्शन गरेपछि वैकल्पिक बाटोबाट उनलाई पोखरा लगिएको हो । पोखरा लग्नु अघिदेखि नै पृथ्वीचोक र महेन्द्र पुलमा रास्वपाका समर्थकहरुले प्रर्दशन जारी राखेका कारण प्रहरीले विमानस्थलबाट वैकल्पिक बाटो प्रयोग गरेर जिल्ला प्रहरी कार्यालय लगेको छ।
रविलाई पोखराबाट बयानका लागि काठमाडौँ ल्याएर वीरगञ्ज पुर्याइएको थियो। दिउँसो महेन्द्रपुल क्षेत्रमा जारी प्रदर्शनका क्रममा प्रहरी र रविका सर्मथकबीच धकेलाधकेल भएको छ। लामिछानेको सर्मथनका प्रदर्शन हुने भएपछि विमानस्थललगायत प्रदर्शन हुनसक्ने स्थलमा सुरक्षा व्यवस्थालाई कडाइ गर्नुका साथै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
विभिन्न सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई जहाजमार्फत नै अर्को जिल्लामा लग्ने गरेको छ। कार्तिक २ गते राति कास्की प्रहरीको हिरासतमा लगिएका रविको यसबीचमा रुपन्देही, चितवन, काठमाडौँ र पर्सा लगेर बयान लगिसकिएको छ। यसअघि छैटौँ पटक थपेको म्याद आज सकिँदै छ। भोलि फेरि जिल्ला अदालत कास्कीमा पेश गरेर म्याद थप्ने प्रहरीको तयारी छ।