Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद हार

जारी एनपीएलमा जनकपुर बोल्ट्सले सुदुरपश्चिम सामु लज्जास्पद् हार व्यहोरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो । ४ खेलमा अविजित रहेको जनकपुरको यो पहिलो हार हो भने सुदूरपश्चिमको चौथो जित ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुर १२।१ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले २–२ तथा स्कट कुग्गेलिजन, सैफ जैब र नरेन साउदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।

TOP