सुदूरपश्चिम रोयल्समा अमेरिकी अलराउन्डर हर्मीत सिंह अनुबन्ध
नेपाल प्रिमियर लिग ९एनपीएल० को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ । भारतबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन् । उनले २३ टी–२० आई र १० ओडीआई खेलेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले लिगको ४ खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ ।
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । रोयल्सले एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।