Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

समिक्षाले अझै कहिले सम्म अपमान सहनु पर्ने ?

यो समाजले एउटि महिलालाई बारम्बार एउटै कुराले किन घोचिरहन्छ, बारम्बार एकतर्फि किन प्रहार गरिरहन्छ ? किन यो समाजले खुलेर बाच्न दिदैँन एउटी महिलालाइ । महिला भएकै कारण समिक्षाले यो पिडा बाचुन्जेल सहनु पर्ने हो ?

गत शनिवार कपिलवस्तु महोत्सवमा गीत गाउन पुगेकी गायिका समिक्षा अधिकारीलाई दर्शकको भिडबाट आएको एउटा बाक्यले नमिठो झट्का लाग्छ । । दर्शकदीर्घाबाट केही व्यक्तिले उनलाई होच्याउँदै ठुलो स्वरमा १० लाख‘ १० लाख भन्दै चिच्चाइरहेका थिए । उक्त आवाज समिक्षाको कानमा परिहाल्यो । तपाईहरु सबैलाई समिक्षा निकै शाहसी नारी हुन भनेर । उनले यो समाजले प्रहार गरेको हरेको शब्दरुपी बाणहरुको सामना गर्दे आइरहेकि छिन भनेर ।

यसपटक पटक पनि उनले आफुलाई रोक्न सकिनन् र प्रतिवाद गरिहालिन । उनले हुटिङ गर्ने दर्शकतर्फ औँला उठाउँदै चुनौति दिइन् । ‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख रु आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु‘ सुन्नुभयो नि ?’
समीक्षाले दर्शकलाई सम्बोधन गर्दै भनिन्, ‘जिन्दगीमा दुखको दिन सबै जनाको आउँछ, कसैको देखिन्छ, कसैको देखिँदैन । फरक यत्ति हो मेरो मात्रै लाइफमा होइन, भोलि तपाईँको आफ्नो छोरो चेली बैनीलाई पर्न सक्छ । त्यो बेला थाहा हुन्छ तपाईँलाई । अहिले अरूलाई गिराउन त सजिलो छ । मलाई केहि फरक पर्दैन यस्तो कुरा मैले चैँ मनमा लिन्न’

सायद तपाइहरुलाई भनिरहनु नपर्ला, समीक्षामाथि ‘१० लाख’ भन्दै हुटिङ गर्नेहरू अभिनेता पल शाहका फ्यान थिए । उनीहरू समीक्षालाई अपमानित गर्ने योजनाका साथ नै आएको आयोजकको अनुमान छ ।

समीक्षाले पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी थिइन् । जिल्ला अदालत नवलपुरले २०७९ साल भदौमा पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । साथै, पलले समीक्षालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख थियो । समीक्षाले भने आफूलाई आर्थिक क्षतिपूर्ति नचाहिने बताएकी थिइन् । उनले सार्वजनिकरुपमा नै १० लाख रुपैयाँ नलिने घोषणा गरेकी थिइन् । तर पलका फ्यानहरुले भने अहिलेसम्म पनि उनलाई ‘१० लाख’ भन्दै होच्याउने गरेका छन् ।

सामाजिक सञ्जालमा पनि उनको पोस्टहरुमा यस्तो कमेन्ट आउने गरेका छन् । समीक्षाले पछि पल शाहलाई लगाएको आरोप फिर्ता लिएर सजायबाट उन्मुक्ति दिइसकेकी छन् । उनले बयान फेरेपछि उच्च अदालतले पललाई सफाइ दिएको थियो । तर अहिले सम्म पनि समिक्षालाई अपमानित गर्न छाडिएको छैन् ।

TOP