लामिछानेलाई बयानका लागि आज पर्सा लैजाने तयारी
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज पर्सा लैजाने तयारी गरिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनिविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई विरगञ्ज लगिन लागेको हो ।
लामिछानेलाई आज काठमाडौं हुँदै वीरगंज लैजाने तयारी भएपनि समय निश्चित भने भइ नसकेको प्रहरी स्रोतले बताएको छ। कास्की प्रहरीका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगंज पठाइने छ ।
यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्याइएको छ । उनलाई आइतबार राति पोखराबाट लगिएको हो । आज बिहान जोशी आइपुगेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।