Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

सानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । गैर नाफा मुलक संस्थाको रुपमा दर्ता भएको हिमालयन फाउन्डेशन कर्पोरेशनले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा फिल्म अवार्ड आयोजना गर्न लागेको हो । नेपाली चलचित्रको प्रचार प्रसार र प्रवर्द्दनका साथैं नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरणका लागि सहयोगी बन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हिमालय कर्पोरेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिए I

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्व सन्ध्यामा डिसेम्बर २१ मा अवार्ड आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ । अवार्ड आयोजनामा गोल्डन नेपाली मुभी मेकर एलएलसी,सोमनामे एलएलसी,राजपुत ग्रुप एलएलसी र लेटी लको सहकार्य रहेको छ । अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्र सँग सम्बन्धित कलाकारहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । अवार्ड सँगै आयोजकले डिसेम्बर २२ मा नेपाल परेडको समेत आयोजना गरेका छन् ।

अवार्डको लागि आवश्यक तयारीको काम द्रुत गतिमा अघि बढिरहेको र अवार्ड तथा परेडमा सहभागि आयोजक मध्येका एक रविराज बस्नेतले सबैमा आग्रह गरेका छन् ।

TOP