Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

देउवाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा – ‘उहाँले राम्रो काम गरिरहनु भएको छ’

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने समेत बताए । ‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने ।

कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । ‘‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,’ ओलीको भनाइ थियो ।

चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे । स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने दाबी समेत गरेका छन् ।

TOP