Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

मैदानमा सुदूरपश्चिम र लुम्बिनी, सुदूरपश्चिमले दियो १८८ रनको लक्ष्य 

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गरिरहेको छ । पहिले ब्याटिङ गरेको सुदूपश्चिमले लुम्बिनीलाई १८८ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रनको योगफल तयार पारेको हो । 

सुदूरपश्चिम रोयल्सका लागि सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए । ६१ बल खेलेका जैबले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै, ब्रान्डन म्याकमुलेनले २३ र विनोद भण्डारीले १७ रन जोड्दा आरिफ शेष शून्य रनमै पभिलियन फर्किएका थिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३९ र स्कट ११ रनमा अविजित रहे । 

लुम्बिनीका लागि रामन सिमण्ड्सले २ तथा रोहित पौडेल र विवेक यादवले समान १-१ विकेट लिए । 

लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले सुरुमा ब्याटिङको निम्तो पाएको हो । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो जित हात पार्ने र लुम्बिनी पहिलो जित निकाल्ने दाउमा छ ।

लुम्बिनी यसअघि लगातार दुई खेलमा पराजित भएको छ । लम्बिनी विराटनगर किंग्ससँग २ विकेट र पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।

TOP