Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

चीनपछि अब परराष्ट्रमन्त्री आरजु राणा नेदरल्यान्ड्स र जर्मनी भ्रमण गर्दै

चीन भ्रमण सकेर नेपाल भर्खर नेपाल आएकी परराष्ट्रमन्त्री आरजु राणाले फेरि नेदरल्यान्ड्स र जर्मनीको भ्रमण गर्ने भएकि छिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री राणा भ्रमण सकाएर पुस ५ गते स्वदेश फर्किने कार्यक्रम जानकारी दिएको हो ।

नेदरल्यान्ड्समा उनी इन्टरनेसनल कोर्ट अफ जस्टीस ९आईसीजे०मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्नेछिन् । सोमबार उनी आईसीजेमा उपस्थित भई नेपालको अडान राख्नेछिन् ।

जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्यान्ड्स जान लागेकी हुन् । आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।

जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

TOP