नेपाल र चीनबीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । बुधबार चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकारबीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
योसँगै नेपालले अब चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारितरूपमा अघि बढाउने निश्चित भएको छ । बिआरआईअन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानकै कारण अनुदान मात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाको सूची तयार पारेर सरकारले शुक्रबार चीनको विदेश मन्त्रालयमा पठाएको थियो । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको भेटमा ती समझदारीपत्रमा हस्ताक्षर हुन नसकेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूसँग भेटेकी थिइन् ।
सहायताअन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यसको पूर्ण विवरण भने आउन बाँकी छ ।