लगातारको हारपछि विराटनगर किङ्सको विजयी सुरुवात
लगातारको हारपछि विराटनगर किङ्सको विजयी सुरुवात भएको छ । त्रिवि क्रिकेट मैदानमा भएका आजको खेलमा लुम्बिनी लायन्स विराटनगर किंग्ससँग पराजित भएको छ। १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी रहादै १९३ रन बनाएर हारको श्रृंखला रोकेको छ। विराटनगरका ब्याट्सम्यान लोकेश बमले सम्हालिएर इंगिङ खेलेका थिए। ४७ बलमा ७१ रन बनाएर उनी आउट भएका थिए। यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेट र अर्को खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो।