काठमाडौं गोर्खाज र कर्णाली याक्स मैदानमा
![](https://uskhabar.com/wp-content/uploads/2024/12/kathmandu-and-karnali-.jpg)
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बुधबार) बिहान काठमाडौं गोर्खाज र कर्णाली याक्स मैदानमा छ । कर्णालीले १० ओभरमा तस्रो विकेट गुमाएको हो ।
गेराल्ड इरामसले दोस्रो विकेट लिएका हुन् । चाडविक वाल्टन २१ रन बनाएर आउट भएका छन् । त्यस्तै बाबर हायात १८ बलमा १३ रन बनाएर आउट भएका छन् ।
१० ओभरमा ५३ रन बनाउँदा कर्णालीले तेस्रो विकेट गुमाएको हो । यसअघि देव खनाल तीन बल खेलेर खाता नखोली पबेलियन फर्किएका थिए । उनको विकेट काठमाडोंका कप्तान करण केसीले लिएका थिए भने अहिले गुलशन झा र शिखर धवन व्याटिङ गरिरहेका छन् ।