Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

कर्णाली याक्सको जनकपुर बोल्ट्सविरूद्ध चुनौतीपूर्ण लक्ष्य

नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत उपाधी दाबेदार मानिएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरूद्ध चुनौतीपूर्ण लक्ष्य दिएको छ । जसमा क्याप्टेन सोमपाल कामी र अर्जुन घर्तीको साझेदारीमा सोमपालले ३ चौका र एक छक्का र अर्जुनले २ छक्का र २ चौकाले खेल अझ रोचक बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन जोडेको हो । कर्णालीका लागि आशा गरिएका विदेशी स्टार खेलाडी सस्तैमा समेटिए । चर्चित भारतीय क्रिकेटर शिखर धवन, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशन मक्सूद, हङकङका बाबर हायत सस्तैमा आउट भएका हुन् ।

एनपीएलकै हाइफ्रोफाइल खेलाडी एवं सबैभन्दा आशा गरिएका धवन नै १४ रनमा आउट भए । १४ बल खेले तर ३ चौका मात्रै प्रहार गर्न सके । हर्ष ठाकरले उनको विकेट लिएका हुन् । यसैगरी बाबर १२, वाल्टन ८ रन, मक्सूद शून्यमै आउट भए ।

तर, अर्जुन घर्ती र गुल्सन झाले कर्णाली याक्सलाई राहत दिलाए । गुल्सनले ३६ रन जोडे । त्यसपछि आएका अर्जुनले १८औं ओभरमा विष्फोटिङ ब्याटिङ गरे । उनले हर्ष ठाकरको बलमा २ छक्का, २ चौका र २ रन प्रहार गरे । यो ब्याटिङले सानदार फिनिसिङ गर्यो । उनी ३३ रन बनाएर आउट भएका हुन् । कप्तान सोमपाल कामीले अविजित २९ रन जोडे ।

TOP