Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

काठमाडौं गुर्खाजलाई हराउदै चितवन राइनोज विजयी

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ रन जोडे । यस्तै, हसन इसाखिलले १२ रन जोडेका छन् ।

काठमाडौंका शाहब आलमले तीन विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो । काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे । चितवनका सोहेल तानबिरले ५ विकेट लिए ।

TOP