Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

अमेरिकामा एक विद्यार्थीको विभत्स हत्या

हे भगवान, अब अमेरिकामा विद्यार्थीहरु कसरी बाच्ने, कति सम्मको असुरक्षा हो अमेरिकामा । अमेरिकामा रहेका तपाईलाई मेरो आग्रह यहाँ जति बेला जे पनि हुन्छ । आफ्नो ज्यानको सुरक्षा आफैले गर्नुस है । हेर्नुस त सुनौलो भविष्यको कल्पना बुनेर पढ्नका लागि अमेरिका आएका भारत तेलंगानाका नुकारापु साई तेजाको विभत्स हत्या भएको छ । शिकागोको एउटा पसलमा काम गरिरहेका साई तेजाको एक हुल लुटेका समहु आएर उनको पसल बाहिर गोली हानी हत्या गरिएको छ ।
उनका काका ताल्लुरी स्रुजनका अनुसार शुक्रवार स्थानीय समयअनुसार साँझ ६ बजे साइ तेजा लाई दुई लुटेराहरुले गोली हानेका हुन् । उनी हैदराबादबाट बीबीए सकेर अमेरिका आएका थिए । उनी कन्कोर्डिया विश्वविद्यालयमा एमबीए अध्ययन गर्न गएका थिए र शिकागोमा पार्ट टाइम काम पनि सुरु गरेका थिए ।
शिकागोमा भारतीय महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै यो हत्या प्रति दुःखी व्यक्त गरेको छ । दुतावासले अपराधीहरू विरुद्ध तत्काल कारवाहीको माग गर्दे परिवारलाई सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन पनि दिएको छ ।
घटनाको दिन, साई आफ्नो काम गर्ने पसलमा गएका थिए । क्यास काउन्टरमा रहेका बेला, लुटेराहरूले पसलमा प्रवेश गरेर पैसा मागे । तेजाले पैसा दिएपछि पसल बाहिर गोली हानेका थिए । उनका काका स्रजनका भन्छन् उनीहरूले पैसा पनि लिए र तेजालाई बाहिर गोली हानी हत्या गरे ।
त्यस्तै केहि रिपोर्टमा भनिए अनुसार उनी पेट्रोल पम्पमा काम गर्दै थिए र उनी हत्या हुनु अघि ड्युटीमा थिएनन्, तर उनले आफ्नो साथीको मद्दत गर्न त्यहाँ रहेको बताइएको छ ।
तेजाका काकाले चिन्ता व्यक्त गर्दै तेलंगाना राज्य सरकार र भारतीय दूतावासलाई अमेरिकी विद्यार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले अमेरिका जाने भारतीय विद्यार्थीहरूको बढ्दो संख्याबारे कुरा गर्दै यो समस्याको समाधान गर्न कदम चाल्न आवश्यक भएको बताएका छन् ।

TOP