सुगर ड्याडिको भनाईमा लागेर दुइ छोराको ज्यान लिने निर्दयी आमा
कति निर्दयी आमा, आफ्नै दुइ छोराको ज्यान लिने त्यो पनि सुगर ड्याडिको भनाईमा लागेर कति सम्म गिर्न सकेकि यी आमा ।
अमेरिकाको केन्टकी राज्यमा ३३ वर्षीय एक महिलाले आफ्ना दुई छोराहरूको हत्या गर्न आफूलाई आफ्नो सुगर ड्याडीले मानसिक रूपमा प्रभाव पारेको आरोप लगाएकी छन् ।
टिफनी एन क्याथरीन लुकास नामकी महिलाले २०२३ को अन्त्यमा आफ्ना छोराहरू, ६ वर्षीय मौरिस “पीनट” बेकर जुनियर र ९ वर्षीय जयडेन हावर्डलाई हत्या गरेको आरोपमा दोषी ठहर भएकी थिइन । उनीमाथि दुई वटा फस्ट डिग्री मडरको अभियोग लागेको थियो, जसमा उनले आफ्नो दोष स्वीकार गर्दै अहिले आजीवन जेल सजाय पाएकी छन् ।
लुकासले अनुसन्धानको क्रममा प्रहरीलाई भनेकी थिइन् कि तीन वर्षदेखि आफ्नो सुगार ड्याडीले फोनमा उनलाई मानसिक रूपमा प्रभाव पारेका थिए। ती व्यक्तिले उनलाई आफ्ना छोराहरूलाई मार्न उक्साएको र यसका लागि हतियार पनि दिएको उनले दाबी गरिन् । तर उनले आफुलाई राम्रो आमा समेत बताइन् । प्रहरीले सोधपुछका क्रममा लुकासले घटनाका विवरणहरू स्पष्ट रूपमा बताउन सकिनन् ।
उनले यो अपराध दुर्घटनावश भएको बताइन् । तर उनले प्रहरीलाई चार गोली ३० सेकेन्डमा चलाएको स्वीकार गरिन्। प्रहरीसँगको अन्तर्वार्ताका क्रममा उनले आफ्नो हत्याको लागि फेसबुक, इन्टरनेट र वाइफाईबाट मानसिक रूपमा प्रभाव परेको पनि दाबी गरिन् ।
एउटा अचम्मको कुरा त के छ भने । अनुसन्धानका क्रमका उनले आफु कुनै पश्चात नै नभएको व्यवहार देखाएको प्रहरीले बताएको छ ।