अमेरिकामा सुरक्षाको गम्भिर चिन्ता, प्रहरिलाई ड्युटिमा नै गोली हानि हत्या
अमेरिकामा पछिल्नो समय एक पछि अर्को भयानक घटनाहरु घटिरहेका छन् । यो अकल्पिनिय घटना चाहि ८६ बर्ष पछि इतिहासमै पहिलो पटक भएको हो । आफै कल्पना गर्नुहोस् नागरिकको सुरक्षामा खटिएका प्रहरिलाई ड्युटिमा नै गोली हानि हत्या गरिन्छ भने नागरिकाको सुरक्षाको जिम्मेवार को बन्ने ?
हो इलिनोइस राज्यमा एउटा प्रहरी जासुसको गोली हानी हत्या भएको छ । ओक पार्क भिलेजमा ड्युटीमा रहेका ४० वर्षिया प्रहरि एलेन रेडिन्सको गोली लागि मृत्यु भएको हो । आफ्ना साथीहरूसँग बिहान ९ बजे उनी लेक स्ट्रीटमा पुगेका थिए । त्यहाँ संकास्पद व्यक्ति देखेपछि उसको हात देखाउन आदेश दिए । तर जरेल थोमस नामका त्यी व्यक्तिले बन्दुक निकालेर गोली चलाए । गोली रेडिन्सको शरीरको बायाँ भागमा लाग्यो । बताइए अनुसार रेडिन्सलाई मेवुडको लोयोला युनिभर्सिटी मेडिकल सेन्टर लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो ।
थोमसलाई प्रहरीको जवाफी कारबाहीमा खुट्टामा गोली लागेपछि अस्पताल लगिएको छ । उनलाई अहिले फस्ट डिग्री मडर, हत्या, चोरीको हतियारको स्वामित्व, र गैरकानूनी हतियार प्रयोगको आरोप लगाइएको छ ।
रेडिन्सको सम्मानमा शनिबार उनलाई अस्पतालबाट कुक काउन्टी मेडिकल एक्जामिनरको कार्यालयसम्म लैजाने क्रममा दर्जनौं प्रहरी र अग्निनियन्त्रकहरूले सडकमा उभिएर सलामी दिएका थिए । आरोपी थोमसको मुद्धाको मिति अझै तोकिएको छैन । उनले पहिले पनि प्रहरी अधिकारीमाथि हमला, घरेलु हिंसा, र कानुन उल्लङ्घन जस्ता अपराध गरेको बताएको छ ।