एनपीएलको टिकटका लागि फोन नगर्नु होलाः पारस खड्का
मंसिर १५ बाट सुरु हुने एनपीएलका लागी नेपाली दर्शक निकै उत्साहित छन् । उद्घाटन खेलका लागि टिकट पाउन मुस्किल बनेकाे छ । टिकटका लागि क्यानका पदाधिकारीहरुलाई सम्पर्क गरेपछि क्यानका सचिव पारस खड्काले टिकटका लागि फोन नगर्न आग्रह गरेका छन् । उनले बरु एनपीएलको उद्घाटन खेलको टिकट नभएकाहरूले घरबाटै खेल हेर्न आग्रह गरेका हुन् ।
एनपीएलको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका हुन् । त्यसैगरी खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका छन् ।
‘भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।
८ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौंमा सुरू हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने छन् ।