प्रधानमन्त्री ओली दीक्षान्त समारोहमा भाग लिन लुम्बिनीमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लिन लुम्बिनी पुगेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गरे।
यस समारोहमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुनेछन्। आजको कार्यक्रममा २८९ जना विद्यार्थीलाई दीक्षित गरिनेछ।