शिल्पा शेट्टी र पति राज कुन्द्राको घरमा पोर्नोग्राफी मामिलामा छापा
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको घरमा पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशालय (ईडी) ले छापा मारेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, शुक्रबार राज कुन्द्राको अफिस तथा घरमा छापा मारेको हो । ईडीले १५ स्थानमा छापा मारेको जनाइएको छ । छापामा ईडीले मोबाइल एप्लिकेशन र अन्य माध्यमबाट पोर्नोग्राफीको सर्कुलेशनको बारेमा पत्ता लगाएको छ।
सन् २०२१ जुलाईमा राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। उनलाई जमानतमा छुटाइएको थियो।
हालै, ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन ९पिएमएलए० २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत गरेको थियो, जसमा शिल्पा र राजको एक घर पनि सामेल छ। शिल्पा र राजको सन् २००९ मा बिहे भएको हो। उनीहरूको एक छोरा र एक छोरी छन्।