Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

डालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान

अमेरिकाको टेक्सस डालसमा कृयासील तिन नेपाली सामाजिक संस्थाले एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका थिए ।

गत आईतबार डालसको बिभिन्न ठाउँमा आयोजना गरिएको रक्तदानमा डिफडब्लु बासी नेपालीको उल्लेखिय सहभागीता देखिएको थियो । लुम्बिनी सेवा समाज अमेरिकाको आयोजनामा पशुपती मन्दिर युलेसमा, लायन्स क्लब(District 2-X1) ले अर्भिंगको नर्थगेट चर्चमा र प्रवासी नेपाली मञ्च टेक्सासले युलेसको ठमेल रेस्टुरेन्टमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । बल्ड डोर्नर्स अफ अमेरिकाको सहकार्यमा आयोजित कार्यक्रममा डालसबासी नेपालीले रक्तदान गरेका थिए । लुम्बिनी सेवा समाज अमेरिकाले आयोजना गरेको रक्तदानमा २४ जना, लायन्स क्लब (District 2-X1)ले आयोजना गरेको रक्तदानमा ४६ जना र प्रवासी नेपाली मञ्च टेक्सासले आयोजना गरेको रक्तदानमा ४० जना गरि ११० जनाले एकै दिन रक्तदान गरेको ब्लड डोनर्स अफ अमेरिकाका बरिष्ठ उपाध्यक्ष शिब काफ्ले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रमको लागि कार्टर ब्लड केयरले प्राबिधिक सहयोग गरेको थियो भने संस्थाले साथै सबै रक्तदाताहरुलाई न्यानो ब्लाङकेट समेत उपलब्ध गराएको थियो । आयोजक सँस्थाहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । रक्तदाता सबैलाई आयोजक संस्थाहरुले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

TOP