Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

विपिन कार्की उत्कृष्ठ अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ठ अभिनेत्री घोषित

विपिन कार्की उत्कृष्ठ अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ठ अभिनेत्री घोषित भएका छन् । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म ‘प्रसाद २’ बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका हुन् ।
बुधबार शितल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेका छन् ।
विकास वोर्डले बुधबार राष्ट्रपति भवनमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारबाट फिल्म बुलाकी, निर्देशक निश्चल बस्नेत (दिमाग खराब), अभिनेता बिपिन कार्की (प्रसाद २), अभिनेत्री स्वस्तिमा खड्का (दिमाग खराब) बाट पुरस्क्रित भएका छन् । दिर्घ साघना सम्मान आमा अभिनेत्री चैत्यदेवी सिंहलाई प्रदान गरिएको छ । त्यस्तै, राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो भने लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’ बाट निश्चल बस्नेतले प्राप्त गरे । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट घोषित हुँदा आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड जितेको छ ।

TOP