Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

युवाहरुलाई विदेश जानबाट रोक्नु चुनौतिको विषय होः देउवा

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका युवाहरुलाई विदेश जानबाट रोक्न चुनौतिको विषय रहेको बताएका छन् । उनले युवाहरुलाई विदेश जानबाट रोक्न एसियालि मुलुकहरुको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको उल्लेख गरे । आजदेखि काठमाडौँमा सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको धारणा व्यक्त गरे ।

देउवाले भने, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।” उनले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताएका छन् ।

सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताए । विश्वमा भइरहेको तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका मुद्दाले पहिल्यै कायम रहेका समस्याहरूलाई थप बढावा दिइरहेको उल्लेख गर्दै उनले यस सम्मेलनले ती चुनौतीलाई पार गर्न प्रभावकारी मार्गनिर्देशनहरू दिन्छ भन्ने आशा राखेको बताएका छन् । यस सम्मेलनले एसिया क्षेत्रमा देखिएको जनसाङ्ख्यिक सङ्क्रमणलाई व्यवस्थापन गर्न पनि आवश्यक पहल लिने अपेक्षा रहेको उनको भनाइ छ ।

TOP