Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

अमेरिकामा महँगी अझै बढ्ने चिन्ता, आयात शुल्क बढाउने ट्रम्पको घाेषणा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर घटाउनुको साटो अझ आयात शुल्क बढाउने भएका छन्। ट्रम्प को चुनावी एजेण्डा का रूपमा उनले कर नियन्त्रण लाई बिशेष स्थान दिएका थिए ।

ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा थप १० प्रतिशत शुल्क लगाउने घोषणा गरेपछि अब अमेरिकामा उपभोग्य वस्तुको महँगी अझै बढ्ने चिन्ता बढेको छ ।साथै ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिकामाथि अवैध आप्रवासन र लागु पदार्थमार्फत् हस्तक्षेप भइरहेको आरोपसमेत लगाएका छन् । ट्रम्पले चुनावका बेला कर घटाउने वाचा गरे पनि उल्टो बाटो रोजेको उनलाई आरोप छ । आयात शूल्क वृद्धि पनि एक प्रकारले कर वृद्धिकै रुप हो भन्ने धेरैको धारणा छ ।

अमेरिकी अर्थशास्त्री पौल रोविन्सन क्रुगम्यानले ट्रम्पको यस्तो घोषणाले अमेरिकी बजारमा उपभोक्ता वस्तुको मूल्य बढ्ने तर, आय नबढ्ने हुँदा खर्च वृद्धि भई जनजीवन कष्टकर हुने प्रतिक्रिया दिएका छन् । केही वर्ष यता अमेरिकामा महङ्गी समस्याको रुपमा रहेको छ । श्रमिक वर्गको वास्तविक ज्याला नबढ्दा मानिस असन्तुष्ट हुँदै गएको बताइन्छ ।हालै सम्पन्न निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसमाथि मूल्य नियन्त्रण सम्बन्धि कुनै सोच नभएको आरोप लागेको थियो । ट्रम्पले भने अमेरिकाभित्रै लगानी र उत्पादन बढाउने प्रतिवद्धता गर्दै आएका थिए ।

ट्रम्पको यस्तो घोषणाले सम्बन्धित देशको मुद्रा र विनियम दरमा समेत असर परेको छ । एकै दिनमा चिनियाँ मुद्रा युआन ०.३ प्रतिशत, क्यानडाली डलर १ प्रतिशत र मेक्सिकन पेसो १.१८ प्रतिशतले अमेरिकी डलरको तुलनामा कमजोर भएका छन् ।यी ३ वटै देशले ट्रम्पको घोषणालाई गम्भीरतापूर्वक लिएका छन् । चीनले व्यापार ‘युद्धमा कसैको जित नहुने’ भन्दै आर्थिक अन्तनिर्भरतालाई कायम राख्ने मनसाय व्यक्त गरेको छ ।

क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्प प्रशासन आएपछि आवश्यक विषयमा वार्ता गर्ने बताएको छ ।मेक्सिको, क्यानडा र चीन अमेरिकाका ३ सबैभन्दा ठूला व्यापार साझेदार देश हुन् । यी तीन देशबाट मात्र अमेरिकामा कुल आयातको करिब एकतिहाई सामान आउँछ । सन् २०२३ मा यी तीन देशले अमेरिकालाई करिब १.५ ट्रिलियन डलर बराबरका वस्तु तथा सेवा बेचेका थिए भने करिब १ ट्रिलियन डलर बराबर खरिद गरेका थिए ।मेक्सिकोले तत्काल कुनै प्रतिक्रिया नदिएको भए पनि ट्रम्पको घोषणालाई चर्को दबाबका रुपमा लिएको छ ।द न्यूअर्को टाइम्समा एक लेख लेख्दै उनले भनेका छन्–‘ट्रम्प शासनकालमा अब अमेरिकामा क्रोनी क्यापिटलिपिज्म आउने छ ।’मूल्य बढ्दा माग संकुचन भई व्यापार घट्ने र रोजगारमा समेत असर पर्ने क्रुगम्यानको धारणा छ । यी तीन देशसँगको व्यापारको कारण अमेरिकी बजारमा १ करोडभन्दा बढी रोजगारी सृजना हुने गरेको छ ।ट्रम्पले भने आयातमुखी सोचका कारण अमेरिकी अर्थतन्त्र उत्पादनशील हुन नसकेको, अमेरिकी पुँजी, प्रविधि र लागनी अन्य देशमा पलायन भएको, अमेरिकी उद्योगधन्दा धरासायी भएको भन्दै आयात शुल्क बढाउन परेको तर्क गर्ने गरेका छन् ।ट्रम्पले यस अघि नै ८० लाखभन्दा बढी अवैध आप्रवासीलाई ‘मास डिपोर्टेसन’ गर्ने घोषणा गरिसकेका छन् । क्रुगम्यानले ट्रम्पका यी दुई नीति बीच सङ्गती भएको औंल्याएका छन् । मास डिर्पोटेसनले अमेरिकी बजारमा श्रमिकको अभाव हुने, श्रम लागत बढ्ने हुँदा शुल्क वृद्धिपछि पनि अमेरिकी उद्योग धन्दा संरक्षित हुन नसक्ने उनको राय छ ।

TOP