कर्णाली याक्स युथ एम्बेसडरमा सिसन बानियाँ नियुक्त
मंसिर १५ बाट सुरु हुने नेपाल प्रिमियर लिगको यतिबेला देशभर चर्चा भइरहेका छ । खेलाडीहरु तयारी तिव्र बनाइरहेका छन् भने प्रचार प्रचार पनि व्यापक भैरहेको छ । यसैक्रममा लिगको टिम कर्णाली याक्सले सिसन बानियाँलाई युथ एम्बेसडरको रुपमा नियुक्त गरेको छ । मंगलबार सामाजिक संजालमार्फत कर्णालीले सिसनलाई युथ एम्बेसडरमा नियुक्त गरेको जानकारी दिएको हो।
यसअघि कर्णालीले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो। नेपाली टोलीका अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।
विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जिशान मक्शुद तथा भारतका शिखर धवनलाई टोलीमा भित्र्याइसकेको छ। टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्। कर्णालीले विपिन शर्मालाई आइकोनिक खेलाडीमा अनुबन्ध गरिसकेको छ। नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ। मंसिर १७ मा जनकपुर बोल्ट्ससँग खेल्दै कर्णालीले लिग सुरुवात गर्नेछ।
एनपीएलमा कर्णालीले आफ्नो पहिलो खेल मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो सवा १ बजे खेल्दा दोस्रो खेलमा मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध विहा सवा ९ बजे खेल्दैछ।