तेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम
नेपाली सेनाले गर्दै आएको,काम, कर्तव्य, सेनाको जिम्मेवारी, भुमिका र अधिकारबारे जानाकरी दिने उदेश्यले बिगतका बर्षदेखि रक्षा सम्मद्व संचारकर्मिहरुलाई प्रदान गरिदै आएको संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme DCOP ) तेघरी ब्यारेक कैलालीमा शुरू भएको छ ।
सुदूर पश्चिम पृथना हेडक्वाटर तेघरी ब्यारेकमा शुरु भएको पाँचदिने कार्यक्रममा सुदूर पश्चिम पृथनाको जिम्मेवारी क्षेत्र अन्तर्गत रहेर बिभिन्न संचारमाध्यममा कार्यरत १९ जना रक्षा संवाददाताहरु सहभागी छन् ।
उक्त अभिमुखीकरण कार्यक्रममा सुदूर पश्चिम पृथनाका चिफ अफ स्टाफ सहायक रथी किरण के.सी. ले विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम संचालन गर्ने पृथनाको क्षेत्र अन्तर्गतका ८ वटा एफ.एम रेडियो स्टेसनहरुलाई नगद सहित सम्मान गर्नुभएको थियो । तालिममा सहभागि संचारकर्मिलाई कार्यक्रम समापनसँगै नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको शुक्लफाँटा राष्ट्रिय निकुन्ज लगायतका क्षेत्र र महत्वपूर्ण संरचनाहरुको अध्ययन भ्रमण गराउने नेपाली सेनाले जनाएको छ ।