मदिरा सेवन गरि गाडि चलाउदा अमेरिकाको भर्जिनियामा दुइजना नेपालको मृत्यु
मदिरा सेवन गरि गाडि चलाएका कारण अमेरिकाको भर्जिनियामा दुइजना नेपालको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । लाउडौन काउन्टी सेरिफको कार्यालयले मदिरा सेवन गर्ने चालकको नाम सार्वजनिक गरेको छ । ३० बर्षिय विजय तामाङ नाम गरेका नेपाली चालकलाई ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।
दुर्घटनाको कारण रक्सी भएको सेरिफको कार्यालयले जनाएका छन् । भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङ्गले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन् ।
गाडिमा सवार दुईजनाको परिचय भने खुलाइएको छैन् । तामाङलाई अधिकारीहरूले कारागार पुर्याउनु अघि अस्पताल लागेका थिए । त्यस्तै अर्का यात्रु पनि घाइते भएको जनाइएको छ । लाउडन काउन्टी शेरिफ कार्यलयका अनुसार यात्रुहरु सहित चालक चारैजना पुरुष भएको बताएको छ ।