Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

इजरायली सेनाको आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गयो

उत्तरी गाजामा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। दुई भिन्न आक्रमणमा उनीहरुको ज्यान गएको हो । बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो। यसैबीच इजरायलले लेबनानको दक्षिणी क्षेत्र टाइयामा गरेको आक्रमणमा नौ जना लेबनानीको ज्यान गएको छ।

हिजबुल्लाहका नेता नियम कसिमले कुनै पनि हालतमा युद्ध विराम हुनुपर्ने र लेबनानको सार्वभौमसत्ता जोगाउनु पर्ने कुरामा अडिग छन्। बुधबार राति खायममा इजरायली सेनामाथि मिसाइल आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। अमेरिकी दूत आमोस हचेस्टाइन बेरुतमा वार्ता सकेर तेल अभिभ पुगे लगत्तै सो आक्रमण भएको थियो।
त्यस्तै अमेरिकी सिनेटमा इजरायलमा हतियार बिक्री गर्ने प्रस्ताव अस्वीकार भएको छ। अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न सुरु गरेपछि संसदमा नै मतदान भएको यो पहिलो पटक हो।

TOP