विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी धवन एनपीएल खेल्न नेपाल कसरी आइपुगे ?
विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी शिखर धवन एनपीएल खेल्न नेपाल कसरी आइपुगे आज हामी यही विषयमा चर्चा गर्नेछौँ । भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुन् । ३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।
उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी २० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । विश्वकै चर्चित र ग्ल्यामरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छन् ।
धवन नेपाल प्रिमीएर लिगमा कर्णाली याकबाट खेल्ने भएसँगै क्रिकेटप्रेमीमाझ चर्चा विषय बनिरहेको छ । धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभई नेपाली क्रिकेट र खेलाडीलाई फाइदा पुग्ने विश्वास गरिएको छ । धवनले पनि एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । सम्झौता अनुसार धवनले कर्णाली याक्सबाट चारवटा खेल खेल्नेछन् । उनले कर्णाली याक्सबाट खेल्नकाे लागी एक खेलकाे ४० लाख लिएकाे बुजीएकाे छ । धवनसँग सम्झौता गर्न कर्णाली याक्सका मालिक झनकदत्त खनाल र निर्देशक गृहेन्द्र घिमिरे भारत पुगेका थिए । भारतका लागि कार्यवाहक राजदूत सुरेन्द्र थापासँग पनि धवनको विषयमा कुराकानी भएको थियो । अनि मिति तय गरेर धवनसँग सम्झौता गर्न कर्णाली याक्सको टोली भारत गएको थियो ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेल विराटनगर किङ्ग्स र जनकपुर बोल्टबीच हुने छ भने अनुसार दोस्रो खेल काठमाडौँ गोर्खा र चितवन राइनोज् र जनकपुर बोल्टस् र कर्नाली याक्सबीच हुनेछ। तेस्रो खेल सुदुरपश्चिम रोयल्स र बिराटनगर किङग्स तथा चितवन राइनोज् र पोखरा एभेन्जर्सबीच हुनेछ। चौथो खेल कर्नाली याक्स र काठमाडौँ गोर्खा अनि बिराटनगर किङस् र लुम्बिनी लायन्सबीच हुनेछ। पाँचौ खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट तथा काठमाडौँ गोर्खा र सुदुरपश्चिमबीच हुनेछ।