Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भयौँः अध्यक्ष टीएस ठकुरी

विश्व म्याराथन मञ्चमा सहभागी भएर नेपाले धेरैको सहानुभूति बटुल्न सफल भएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयो ।
नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भएकोमा खुसी लागेको अध्यक्ष ठकुरीले बताए । उनले भने- ‘प्रयास गर्नेले नै जित्ने हो, हामी एक कदमअघि बढेका छौँ, सबैको मायाले यो ऊर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ । भियतनामको हनोइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट सन् २०२६ मा हुने २५औँ वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो । ‘१० मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदोरहेछ, त्यसमा हामी चुक्यौँ ।’

नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाए पनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताए ।’नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुसी लागेको छ, ‘ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हो, हामी एक कदमअघि बढेका छौँ, सबैको मायाले यो ऊर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’

संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो । एम्समा आवद्ध हरेक देशका म्याराथन आयोजकहरू यतिबेला हनोइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनको दशौँ संस्करण २२ मंसिरमा हुँदै छ ।

TOP