Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

भोलिदेखि नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने

बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।

असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन। ‘भोलि एक दिनको लागि ४० मेगावाट विद्युत् नै निर्यातको सुरुवात गर्दै छौँ’, घिसिङले भने, ‘शुक्रबार एक दिन हुन्छ। त्यसपछि अको वर्ष जुन १५ बाट नियमित निर्यात हुन थाल्छ।’

प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ। मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर-भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ। विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।

नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको विद्युत् बंगलादेश पुर्‍याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ।

TOP