Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा को अगाडि छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । एबीसी न्यूजको नयाँ तथ्याङ्क अनुसार कमला ह्यारिस र ट्रम्पबिच ४८५ र ४७५ को भिन्नता रहेको छ ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्। यद्यपि, राष्ट्रिय सर्वेक्षणहरू देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्नको लागि राम्रो तरिका हो। तर, चुनावी नतिजाको भविष्यवाणी गर्ने यो सही तरिका भने होइन।

किनभने अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसङ्ख्याको आधारमा निश्चित सङ्ख्यामा मत दिइन्छ। कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ।

अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन्। दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्त्वपूर्ण मानिने सात स्विङ राज्यहरूबिच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छिन्। एजेन्सी

TOP