Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षती ४.२ ओभरमा पूरा गरेको हो । नेपालले पहिलो पटक हङकङ सिक्सेस प्रतियोगिता खेलिरहेको छ र गज्जबको सुरुवात गरेको छ । जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर्ड आउट भएका थिए ।

यस्तै रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए । त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले १ चौका र ७ छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहे । उनले २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए । रासिद खान, नारायण जोशी र विवेक यादवले १-१ विकेट लिए । बलिङ गरेका मध्ये रासिदले मात्र विकेट लिन सकेनन् । समूह बी मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्नेछ ।

TOP