Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

राति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना

आज (बिहीबार) राति तीन प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसैगरी कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

मौसम महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव छ भने पहाडी भेगमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ। जसका कारण यतिबेला बिहीबार साँझ कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

TOP