Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

रविलाई तिहारलगत्तै बुटवल लगिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तिहारपछि अनुसन्धानका लागि बुटवल लगिने भएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको पुरक जाहेरीमा उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल लैजान लागिएको हो। जिल्ला अदालत कास्कीले हिरासतमा राख्न दिएको म्याद बुधबार नै सकिएको छ। बिहीबारदेखि अदालत बन्द हुने भएकाले अब प्रहरीले अदालत खुलेकै दिन म्याद थपका लागि उपस्थित गराउनेछ।

जिल्ला अदालत कास्कीबाट म्याद थप गरिसकेपछि उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीका एक अधिकारीले बताए। उनलाई सूर्यदर्शन सहकारी ठगीको आरोपमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो। कास्की प्रहरीले बयान सकेको छ। कास्कीमा पहिलो चरणको बयान सकिएकाले अब बुटवल पठाउने प्रहरीले जनाएको छ।

बयानका क्रममा रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। यसको सम्पुर्ण व्यवस्थापन जीबीले नै गरेको र आफूलाई यस बारेमा थाहा नभएको बताएका छन्। उनले सहकारीमा उल्लेख भएको रवि लामिछाने पनि आफू नभएको बताएका छन्। ऋण लिने बेलामा आफूले कहीँ पनि हस्ताक्षर नगरेको उनको दाबी छ। यसअघि कास्की प्रहरीले काठमाडौँ आएर कागज गराउँदा र संसदीय छानविन विशेष समितिलाई पनि यस्तै बयान दिएका थिए।

यसअघि छविलाल बन्जाडे जोशीलाई भने बुटवल लगेर ल्याइसकिएको छ। कास्कीमा बयान सकिएपछि बन्जाडेलाई बुटवलमा सुप्रिम सहकारी ठगीको आरोपमा प्रहरीले अनुसन्धान गर्न त्यहाँ पुर्‍याएको थियो। उनीहरू दुवै जनासहित १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

TOP