Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

साफ फाइनल : रंगशालामा दर्शकको भिड

केहीबेरपछि सुरु हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकहरूको भिड लागेको छ। बुधबार बिहानैदेखि लाइन लागेर टिकट लिएकाहरू अहिले रंगशाला प्रवेश गरिरहेका छन्। आजको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुग्दैछन्। ओलीसमेतको उपस्थिति हुने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

दर्शकहरू उत्साहित हुँदै खेलाडीको मनोबल बढाउन रंगशाला जाने क्रम जारी छ। यसैबीच, नेपाली टोली पनि मैदान पुगिसकेको छ। महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ। त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।

TOP