Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

रवि पक्राउको विरोधमा हेटौंडामा रास्वपाको प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउको विरोधमा हेटौंडामा प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले र्‍याली निकालेको हो। राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि भन्दै निरन्तर आन्दोलन जारी राख्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेसँगै हेटौंडामा पनि खबरदारी तथा विरोध र्‍याली निकालिएको रास्वपाले जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले राजनीतिक प्रतिशोध बन्द गर, ललिता निवास काण्ड के भयोरु भष्ट्रचारीलाई कारबाही गर, लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गरिरहेको छ।

TOP