Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो / ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

अर्जुन प्रधान, ह्यारिसबर्ग, पेनसिल्भेनिया – त्रिवेणी साहित्य मञ्च, पेनसिल्भेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो कार्यक्रम ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको भवन भव्य रुपमा सम्पन्न भएको छ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ । मञ्चका सल्लाहकार बिस्नु लुइँटेलले देवकोटाको जिवनि पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा देउसी भैलो, सृजनात्मक वाचन, नृत्य तथा विविध प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेलिरहेको कुरा सहभागीहरुले बताए।

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न नेपाली समुदायका सदस्यहरुले सहभागीता जनाए। उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट गरेका थिए।

त्रिवेणी साहित्य मञ्च लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले घोषणा गर्नु भएको छ । उहाँहरु दुबै जानालाई केन्द्रिय सदस्य आजैबाट रहेको समेत जानकारी गराउनु भएको छ ।

कार्यक्रम संयोजक श्रीप्रेम घिमिरे, श्री बिष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई मञ्चका सचिव नाराद आचार्य सुदामाले संचालन गर्नु भएको थियो । प्रेम घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भनि लेकास्टरबाट स्वागत नृत्यले कार्यक्रमको रोनक बढाएको थियो ।

कार्यक्रमले नेपाली समुदायलाई एक आपसमा नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरुले जनाएका छन्।

यसमा प्रमुख अतिथी श्री प. हरि फुएल बिशेष अतिथि बिनय लुइँटेल , जेनेल स्टिलसन , किम प्याटि , डेभ मेडसन , ओम घिमिरे , नकुल शर्माको ओम भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठन कक्षा संचालन गर्ने योजना बनिरहेको जानकारी दिनु भयो साथै उद्घोषण तालीम चाडैं गराउने र” दिन एउटा कथा ” संग्रह तयारी हुँदै गरेको उपस्थित सबै सूचना प्रवाह गर्नु भयो ।
नेपालीहरु अर्को महान चाड तिहारको शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भएको थियोे ।

TOP