Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

डालसमा हुँदैछ भव्य म:म फेस्टिभल २०२४

नेपाली खानाको प्रचार प्रसार तथा नेपाली कला संस्कृतिको बिस्तार एवं प्रवर्द्धन गर्ने उदेश्यले अमेरिकारको लेभिट पेभेलियन आर्लिंगटन टेक्सासमा आगामी नोभेम्वर २ मा म:म फेस्टिफल २०२४ आयोजना हुने भएको छ ।

म:म टु गो को आयोजनामा विगतका बर्ष जस्तै यसबर्ष पनि हुन गईरहेको हिमालयन फुड फेस्टिफल एण्ड लाईभ कन्सर्ट ( म:म फेस्टिफल ) मा नेपाली खानाका थरीथरीका परिकार साथै बिभिन्न कलाकारहरुको सांगितीक प्रस्तुति रहने आयोजक म:म टु गो का संचालक प्रदिप गिरीले दिएका छन् ।

आईतबार डालसमा आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी दिदै नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको उपलक्ष्यमा आयोजना हुने महोत्सवमा गायक प्रमोद खरेल, १९७४ एडी का फिरोज स्याङ्देन, द बिट्स ब्याण्ड, अन्जु पन्त लगायत कलाकारको प्रस्तुति रहने आयोजक संस्थाकै अर्का सदस्य सुमन कार्कीले बताएका छन् ।

स्वदेशी तथा बिदेशिको समेत आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको म:म फेस्टिभल २०२४ मा चर्चित मास्टर सेफ सन्तोष साहको पाककलाले पनि फेस्टिभलमा छुट्टै स्वाद पस्कने आयोजकको विश्वास रहेको छ । सबै उमेर समुहलाई सहभागि गराउने उदेश्यले आयोजना गरिएको हिमालयन फुड फेस्टिफल एण्ड लाईभ कन्सर्ट ( म:म फेस्टिफल ) मा म:म खाने प्रतियोगिता देखि फोटोबुथ, घोडचडी, स्टिल्ट वाकर, बालबालीका लागी बाल उद्यान लगायत बिभिन्न मनोरन्जनात्मक क्रियाकलाप समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको अन्तिम तयारीमा रहेको आयोजक संस्थाका अनुसार आउने दर्शक र सहभागिहरुको सहजताकालागि व्यवस्थापनमा कुनै कमि नराख्ने दावि गरिएको छ । गतबर्षको महोत्सवमा १५ हजार दर्शकले सहभागिता जनाएको र यसबर्ष सो भन्दा बढी दर्शक सहभागि गराउने उदेश्य रहेको आयोजक संस्थाका सदस्यले जानकारी दिएका छन् ।

TOP