Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पुनस्प्रदर्शनमा आउने भएको छ। दर्शकहरुको अत्यधिक मागका कारण यो फिल्म पुनः अमेरिकाका विभिन्न सहरमा फेरि रिलिज हुँदैछ। टेक्सासमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रबारबाट यो चलचित्रको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ।

अब यो चलचित्र न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। यसअघि अक्टोबर ३ नेपालसँगै मा क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

नेपाल र अमेरिकामा यो चलचित्रलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया मिलेको थियो। यस चलचित्रको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई,खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।

सजन काफ्ले र आकाश बराल लेखन तथा निर्देशित फिल्ममानिश्चल र स्वस्तिमा खड्कासहित वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मी लगायतको भूमिका छ।

TOP