आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्याण्डसँग पराजित

अमेरिकाको डालसमा जारी आईसीसी विश्वकप लिग-२ सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य स्कटल्याण्डले २४ ओभर ५ बलमा कुनै विकेट नगुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि आन्द्रे उमिद ९८ र चार्ली टिमयर ४३ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा १ सय ४४ रन समेटिएको थियो । अमेरिकाका स्याड्ली भान श्यालवाएकले सर्वाधिक ५८ रन बनाएका थिए ।