नेपाली समाज टेक्ससले दशैं तिहार साँस्कृतिक मेला आयोजना गर्दै
नेपाली समाज टेक्ससले दशै, तिहारको अवसरमा टेक्ससको डालसमा दशैं तिहार साँस्कृतिक मेला आयोजना गर्ने भएको छ । पशुपती नाथ मन्दिर र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा यही अक्टोबर २६ शनिबारका दिन टेक्सस डालसको युलेश स्थित पशुपती नाथ मन्दिर तथा बौद्ध बिहारमा मेला हुन लागेको हो ।
कार्यक्रममा बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान, सांस्कृतीक कार्यक्रम, झाँकी तथा राष्टिय कलाकारको प्रस्तुती समेत रहने जनाईएको छ । बिभिन्न समुदायको झाँकी तथा मौलिक सांस्कृतीक प्रस्तुती रहने नेपाली समाज टेक्ससका महासचिब बिजय भुषालले जानकारी दिएका छन् । कार्यक्रममा पन्चे बाजा, युनाईटेड नेवाको ढिमे बाजा, किरात राई सोसाईटीको सकेला, तामांग सोसाईटी टेक्ससको तामांग सेलो, सुुदुरपश्चिम समाज टेक्ससको देउडा, मधेसी समाजको मधेश बिशेष सांस्कृतीक कार्यक्रम, एनएनएको लाखे नाच, गुल्मेली चौतारीको सरया नाच, मगर सोसाईटी टेक्ससको मगर नाच र डालस पोखरा लायन्स क्लवको सांस्कृतीक कार्यक्रम रहने तथा एनएसटी ग्लोबल पाठशालाका बिद्यार्थीहरुको समेत सांस्कृतीक कार्यक्रम रहने जनाईएको छ ।
मेलामा चर्चित लोक तथा दोहोरी गायक छबिराज सुनार, गायिका निरु घिमिरे, भिम चापागाई र नविन शर्माको बिशेष सांगितीक प्रस्तुती रहने छ ।
दशैं तिहार नेपाली समुदायको मौलिक चाडपर्बहरु हुन । मेलामा सहभागीताका लागी कुनै शुल्क नलाग्ने र कार्यक्रम दिउसो १ बजे देखी सुरु भई साँझ ५ बजे सम्म चल्नेछ ।